पाँचथर अस्पताल तनावग्रस्त, चिकित्सकको लापवार्हिले बालीकाको मृत्यु भएको आरोप

  • Published Date : २०७८ आश्विन २०, बुधबार
  • nepaltale.com

पाँचथर । फालेलुङ गाँउपालीका-८ घर भई हाल फिदिम-२ मा बस्दै आएकी तीन बर्षिय बालिका कृष्टिना थाम्सुहाङ् को मृत्यु चिकित्सकको लापवार्हिले मृत्यु भएको भन्दै पाँचथर अस्पतालमा बालीकाको अफन्तहरुको बिरोध अझै जारी रहेको छ । दिउसोबाट तनाबग्रस्त बनेको पाँचथर अस्पताल अझै समस्याको सामधान हुन सकेको छैन् ।

पाँचथर अस्पतालमा उपचार भईरहेकी वालीकाको मृत्यु भएको घटनालाई लिएर पाँचथर जिल्ला अस्पतालमा तनाव भएको छ । चिकित्सको लापवार्हिले मृत्यु भएको आरोप मृतक बालीकाका आफन्तले लगाएका छन् । स्वास्थ्यकर्मीले लापवार्हि गरेको आफन्तको आरोप छ । अस्पतालमा उपस्थीत आफन्तहरु आक्रोसित देखिन्छन् ।



अस्पताल परिसरमा मृतकका आफन्तहरु ठुलो संख्यामा उपस्थीत भएका छन् । उनीहरुले अस्पताल परिसरमा विरोध जनाई रहेका छन् ।

फालेलुङ गाँउपालीका-८ घर भई हाल फिदिम-२ मा बस्दै आएकी तीन बर्षिय बालिका कृष्टिना थाम्सुहाङ् को मृत्यु भएको थियो । स्वास्थ्यकर्मीले लापवार्हि गरेको आफन्तको आरोप छ । अस्पतालमा उपस्थीत आफन्तहरु आक्रोसित देखिन्छन् ।

स्वास्थ्यमा सुधार आईसकेर डिस्चार्ज गर्न लागिएकी बालिकाको इन्जेक्सन लगाउने वित्तिकै मृत्यु भएको आफन्तको भनाई छ ।
समस्या समाधानका लागि अस्पताल र आफन्त विच वार्ता जारी छ । केहि घण्टा अगाडीदेखि भएको वार्ता अहिलेसम्म निस्कर्षमा पुग्न सकेको छैन् । अस्पताल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरीएको छ । -श्रोत-केन्जो खबर