विश्वभर घट्यो कोरोना संक्रमण, कुन देशमा कति ?

  • प्रकाशित मिति : २०७७ बैशाख २१, आईतवार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ५ हजार २ सय १५ जनाको मृत्यु भएको छ भने ८३ हजार २ सय ५७ जना नयाँ संक्रमित थपिएका छन्। यो विवरण अघिल्लो दिनको तुलनामा केही कम हो।

अघिल्लो दिन ५ हजार ६ सय २४ जनाको मृत्यु भएको थियो भने ९४ हजार ५ सय ५२ जना नयाँ संक्रमित थपिएका थिए। यो सँगै विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ७ सय ६० पुगेको छ भने ३४ लाख ८३ हजार १८३ जना संक्रमित भएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६ सय ९१ जनाको मृत्यु भएको छ भने २९ हजार ७४४ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ हजार ४ सय ४४ पुगेको छ भने ११ लाख ६० हजार ७ सय ७४ जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा यूकेमा ६ सय २१ जनाको मृत्यु भएको छ भने ४ हजार ८०६ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै यूकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार १३१ पुगेको छ भने १ लाख ८२ हजार २६० जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा इटलीमा ४७४ जना, स्पेनमा २७६ जना, फ्रान्समा १६६ जना, ब्राजिलमा ३४० जना, क्यानडामा १७५ जना, भारतमा १०० जनाको मृत्यु भएको छ।