मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमि वायुको प्रभाव, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।
हाल देशको पहाडि भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक वदली रहेको महाशाखाले जनाएको छ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिनासहित वर्षाको र पश्चिमी र पुर्वी तराईमा हावाहुरीको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख २१ गते (आइतबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख २२ गते (सोमबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पूर्वी तथा मध्य भूभागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागमा केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग /असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
बैशाख २३ गते (मंगलबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र पूर्वी भूभागका केहि स्थानहरुमा र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।