अमेरिकामा घट्यो कोरोना संक्रमण, भारतमा बढ्यो

  • प्रकाशित मिति : २०७७ बैशाख २१, आईतवार
  • nepaltale.com

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण र मृत्युदरमा कमी आएको छ भने भारतमा मृत्यु दर संक्रमितको संख्या बढेको छ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६ सय ९१ जनाको मृत्यु भएको छ भने २९ हजार ७४४ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन अमेरिकामा १ हजार ८ सय ९७ जनाको मृत्यु भएको थियो भने ३६ हजार ७ जना नयाँ संक्रमित थपिएका थिए। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ हजार ४ सय ४४ पुगेको छ भने ११ लाख ६० हजार ७ सय ७४ जना संक्रमित भएका छन्।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १०० जनाको मृत्यु भएको छ भने २ हजार ४ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन भारतमा ६७ जनाको मृत्यु भएको थियो भने २ हजार ३ सय ९४ जना नयाँ संक्रमित थपिएका थिए। यो सँगै भारमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ भने ३९ हजार ६ सय ९९ जना संक्रमित भएका छन्।