आज २५ गते सोमबार, तपाईंको राशीको भाग्य कस्तो छ? हेर्नुहोस्

  • प्रकाशित मिति : २०७८ आश्विन २५, सोमबार
  • nepaltale.com

आज असोज महिनाको २५ गते, सोमबार। सन् २०२१ अक्टोबर ११ तारिख। नेपाल संम्बत् ११४१। दक्षिणयान। आश्विन शुक्ल पक्ष। पञ्चमी तिथी। चन्द्रमा वृच्छिक राशीमा। सौर्यदय विहान ६ः००। सूर्यास्त बेलुकी ५ः४२ बजे। सारदीय नवरात्रको आज पाचौँ दिन

आज कुन राशीको योग कस्तो छ? तल हेर्नुहोस्

१) मेष राशि (चु,चे,चो,ला,लि,लु,ले,लो,आ) मेष राशि हुनेहरुको लागी आजको दिन राम्रो देखिदैन। घाउ चोट लाग्न सक्छ, दुर्घटना हुने सम्भावना भएकोले सावधानी अपनाउनुहोला। गरेका कामवाट अपजस पाईएला, आफन्त संग टाढीनु पर्नाले मन खिन्न रहनेछ। विध्यार्थीहरुका लागी पढाईमा बाधा अवरोध सिर्जना हुन सक्छ, व्यापारी वर्गको लागी आर्थिक अवन्नती हुने योग छ । नोकरी गर्नेहरुको लागी आफन्त संग बादविवाद हुने देखिन्छ, संयमता अपनाउनुहोला।

२) बृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) बृष राशि हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ। धन लगानी गर्दा, हार्थीक लेनदेन गर्दा साबधानी अपनाउनुहोला । महिलाहरु संगको लेनदेनमा नोक्सानी बेहोर्नु पर्ला, वाधा अवरोध पर्ने सम्भावना रहेको छ। विध्यार्थीहरुका लागी पढाईमा रुची बढ्ने देखिन्छ। व्यापारी वर्गको लागी आर्थिक अवस्था सामान्य रहनेछ । नोकरी गर्नेहरुको लागी विपरित लिंग संग वादविवाद पर्न सक्छ।

३) मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको व्यापारिक यात्राको तय गर्न सकिनेछ। लगनशिलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ। पढाइ लेखाइमा सफलता प्राप्त गर्न सकिनेछ। भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ। माया प्रेममा सामिप्यता बढाउन सकिनेछ। व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ।

४) कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ज्ञान तथा बुद्धिको प्रयोग गरी लेखनकला तथा साहित्यलाई निखार्न सकिनेछ। घरपरिवार तथा समाजमा तपाईँले गरेको कामको सबैले समर्थन गर्र्नेछन्। अविवाहित हुनुहुन्छ भने प्रेम प्रश्ताव आउने बलियो सम्भावना रहेकोछ। शेयर बजार तथा व्यापार व्यावसायमा गरेको लगानी फस्टाएर जानेछ। बिलाशी सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ।

५) सिंह राशि (मा,मी,मु,मे,मो,टा,टि,टु,टे) सिंह राशि हुनेहरुका लागी आजको दिन राम्रो देखिदैन, आफन्तजन संग वादविवाद पर्न सक्छ। यात्रा गर्दा वा सवारी साधन चलाउँदा संंयमता अपनाउनुहोला। विध्यार्थीहरुका लागी पढाईमा वाधा अवरोध आउन सक्छ। व्यापारी वर्गका लागी आर्थीक हानी व्यहोर्नु पर्ला। नोकरी गर्नेहरुका लागी अपजस, अपमान सहनुपर्ला।

६) तुला राशि (रा,री,रु,रे,रो,ता,ती,तु,ते) तुला राशि हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ। बोलीको प्रभावले धन लाभको अवसर मिल्ने देखिन्छ। मन प्रशन्न रहने छ। व्यापारी वर्गका लागी आर्थीक लाभको अवसर प्राप्त होला। नोकरी गर्नेहरुको लागी पदोन्नतीको सम्भावना रहेको छ। सुखद समाचार सुन्न पाईएला।

७) धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राम्रोसँग रुपैया पैसाको व्यावस्थापन गर्दा भविश्यमा आम्दानी दिनेछ। वैदेशिक सामानको व्यापार व्यावसायमा लगानी गरी धन आर्जन गर्न सकिनेछ। विदेशबाट लगानी भएका सस्थामा काम पाउने तथा बढुवा हुने योग रहेकोछ। प्रेममा सामान्य विवाद भएपनि अन्तत एक अर्कालाई बुझ्न सकिनेछ। खानपान तथा बाहिरी वाताबरणको ध्यान दिनुपर्नेछ।

८) मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथीभाइसँग मनोरन्जनमा धन खर्च हेुनेछ। हतारमा काम बिग्रिनेछ। नयाँ जिम्मेवारीले बढी दौडधुप बढ्नेछ।

९) कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामान हराउन सक्नेछ। यात्रामा तनाव हुनेछ। व्यवसायमा क्षति बेहोर्नु पर्ने छ।

१०) मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषि खाद्यान्नबाट फाइदा हुनेछ। मित्रबाट धनसम्पति जोहो हुनेछ। नयाँ काममा फाईदा मिल्नेछ।

११) कन्या राशि (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशि हुनेहरुका लागी आजको दिन उत्तम रहेको छ, ईष्ट मित्र आफन्तजनबाट विशेष साथ सहयोग प्राप्त हुनेछ, टाढीएका आफन्त, मित्रहरु नजिक हुनेछन्, धन लाभ हुने अवसर प्राप्त हुनेछ। विध्यार्थीहरुका लागी अध्ययनमा सफलता मिल्नेछ। व्यापारी वर्गको लागी आर्थीक बृद्धि हुने, धन लाभ हुने अवसर रहेको छ। नोकरी गर्नेहरुका लागी आर्थीक सुविधा प्राप्त हुने, काममा सहजता हुने छ।

१२) वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कूटनीतिक नियोगको सहयोग मिल्ला। गरेको कार्यमा सफलता पाइनेछ। कुनै कुराले मनमा शान्ति छाउला। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ।