कस्तो रहला आजको मौसम ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १४, आईतवार
  • nepaltale.com

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि पहाडी भेगमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

बुलेटिनमा भनिएको छ : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहने बुलेटिनमा उल्लेख छ।

मौसम महाशाखाले अगाडि लेखेको छ : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखका मौसमविद् राजु प्रधानांगले अब वर्षा एकदमै कम हुने र चिसोको मात्रा बढ्दै जाने जानकारी दिए।