प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध बार एशोसिएसनले आज देखि आन्दोलन चर्काउने, कस्ता छन् कार्यक्रम ?

  • Published Date : २०७८ कार्तिक १४, आईतवार
  • nepaltale.com

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा आज (आइतबार) बाट विरोधका कार्यक्रम सुरु गर्ने भएको छ ।

एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म तीन दिन कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो ।



एशोसिएसनका महासचिव लीलामणि पौडेलका अनुसार प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग गरेको हो ।

१६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ । यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो ।