नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ जना

  • Published Date : २०७८ कार्तिक १५, सोमबार
  • nepaltale.com

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संकमण पुष्टि भएको छ । सोही अवधिमा ९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ४९० जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।



हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ जना पुगेको छ ।