२४ घण्टामा ४६९ जना कोरोना संक्रमित थपिए, ११ को मृत्यु

  • Published Date : २०७८ कार्तिक १६, मंगलवार
  • nepaltale.com

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ४६९ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २८७ वटा नमुना (७११५ पीसीआर र ३१७२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप ११ जना कोभिड संक्रमितको मृत्यु भएको छ । ५५५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ९ हजार १७४ छ ।



पछिल्लो २४ घण्टामा ८० हजार ८१८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।