दोस्रो चरणको निर्वाचन जारी, देउवा र कोइराला मतदानस्थलमा

  • प्रकाशित मिति : २०७८ मंसिर २८, मंगलवार
  • nepaltale.com

काठमाडौं। नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ। सभापति पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेबाट मतदान भइरहेको छ।

मतदानस्थलमा सभापतिका प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । उनीहरूले मतदान गरेका छैनन्।

यसअघि मतदानस्थलमा कोइराला जाने क्रममा कोइरालाका सहयोगी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो।