नारायणहिटीमा बतास समूहले बनाउन लागेको रेस्टुरेन्ट भत्काईंदै

  • प्रकाशित मिति : २०७८ पुष २३, शुक्रबार
  • nepaltale.com

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना भत्काउन सुरु गरिएको छ।

शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु गरेको हो।

उक्त संरचना भत्काउनका लागि १२ जना कामदार खटाइएको छ। हालसम्म जस्तापाता, वरिपरिको पर्खाल र तारजालीको बार गरी अधिकांश संरचना भत्काइएको छ।

बतास समूहले सो रेष्टुरेन्ट बनाउन लागिएको खबर सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो। बतास समूहलाई तत्काल सो काम रोक्न सरकारले निर्देशन दिएको थियो।