एमाले प्रचार विभागमा थपिए नौ सदस्य, को-को थपिए ?

  • प्रकाशित मिति : २०७८ माघ १९, बुधबार
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा नौ जना सदस्य मनोनीत गरेको छ । भक्तपुरमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा नौ जना सदस्य थपेको हो ।

थपिएका सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्का रहेका छन् । यसअघि मङ्सिर अन्तिम साता बसेको केन्द्रीय समिति बैठकले प्रचार विभाग प्रमुखमा उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य विष्णु रिजाललाई जिम्मेवारी दिएको थियो ।

बुधबारको सचिवालय बैठकले प्रचार विभागका साथै उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा समेत सदस्यहरू मनोनयन गरेको प्रचार विभाग प्रमुख गुरुङले जनाकारी दिएका थिए ।