नेपालका १४ जिल्लामा कोरोना पुगेको पुस्टि

  • प्रकाशित मिति : २०७७ बैशाख २१, आईतवार
  • nepaltale.com

नेपालमा आइतबार एकैदिन १६ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्जमा १५ जनामा र वीरगन्जमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एकैदिन १६ जना संक्रमित भेटिएको यो पहिलो पटक हो। यसअघि बैशाख ५ गते उदयपुरमा १२ जना र चितवनमा २ जनामा गरि एकैदिन १४ जनामा संक्रमण पुष्टि भएको थियो।

उक्त दिनको तथ्यांकलाई आज भेटिएका नयाँ घटनाक्रमले उछिनेको छ।

पछिल्लो तथ्यांक सहित मुलुकभर अब कोरोना पोजेटिभ पुष्टि भएकाको संख्या ७५ पुगेको।

जसमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन।

हालसम्म कर्णाली प्रदेश बाहेक सबै प्रदेशमा कोरोना पुगेको पुस्टि भएको छ। १४ जिल्लामा कोरोना संक्रमणका घटना देखिएका हुन।

स्वास्थ्य मन्त्रालयले हालसम्म पिसिआरविधिबाट १३ हजार र आरडिटी विधिबाट ४९ हजार बढिको परिक्षण गरेको जनाएको छ।

आरडिटी परिक्षण विधिको परिक्षणबारे विज्ञहरुले प्रश्न उठाउँदै आएका छन्।

विगत ४१ दिन देखि जारी लकडाउनको अवधिमा देशभर भएको यो परिक्षणको ज्याँदै न्युन हो। विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरस भए नभएको पत्ता लगाउँन पटक पटक भन्दे आएको छ । परिक्षण बढाउ परिक्षण परिक्षण बढाउ।

धेरै सरकारहरुले अझै परिक्षण बढाएका छैनन्। लकडाउनलाई मात्र उनीहरु हतियार बनाइरहेका छन्।

विभिन्न देशहरुले व्यापक परिक्षणपछि कोरोना नरहेको क्षेत्रमा सामाजिक दुरि कायम राख्दै जिवनचर्यालाई सामान्य बनाउँदै गएका छन्।