भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प

  • प्रकाशित मिति : २०७८ माघ २२, शनिबार
  • नेपाल टेल

दिल्ली। भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ।

देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ।



स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो।

भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन्।