आज नेपालगञ्ज र वीरगञ्ज गरि एकै दिन २५ जनामा कोरोना भाइरस रोगको संक्रमणको पुष्टि भएको छ । नेपालगञ्जमा मात्र २४ जनामा कोरोना भाइरस रोगको संक्रमण देखिएको छ भने यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २५ पुगेसँगै नेपालमा ८४ पुगेको छ । नेपालगञ्जमा बैशाख १९ गते संक्रमणको पुष्टि भएका ६० वर्षका बृद्दको सम्पर्कमा आएकाहरुमा संक्रमण देखिएको हो ।
बृद्दको सम्पर्कमा आएकाहरुको ९० जनाको स्वाब संकलन गरि परीक्षण गरिएकोमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितको संख्या अझै बढ्न सक्ने बताइएकाे छ । संक्रमित सबैलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लगिएकाे बताइएकाे छ ।