पाँच सहसचिवको सरुवा, को-कहाँ पुगे ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन ११, बुधबार
  • नेपाल टेल

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच सहसचिवको सरुवा गरेको छ।संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले मंगलबार पाँच सहसचिवको सरुवा सम्बन्धी निर्णय लिएका हुन्।

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव सूर्य सेढाईँ र बासुदेव घिमिरेको गृह मन्त्रालयमा सरुवा भएको छ। सहसचिव दिपक घिमिरेको राष्ट्रिय कितावखानामा सरुवा गरिएको छ।



शिक्षा मन्त्रालयका सहसचिव राम चरित्रको इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहेका सहसचिव उमेश ढुंगानालाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ।