मविरुद्ध समिक्षा उचाल्ने व्यक्ति दुर्गेश लगायत यी हुन् भन्दै नाम र अडियो सार्वजनिक गरे पलले…

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • नेपाल टेल

काठमाडौ। नायक तथा मोडल पल शाहविरुद्ध तनहुुँमा बलात्कारविरुद्धको जाहेरी परेपछि पल शाहले आफूलाई फसाउने व्यक्तिको नाम सार्वजनिक गरेका छन्।

अडियोमा पलविरुद्ध योजना बनाइएको पनि प्रस्ट सुुन्न सकिन्छ।



यस्तो छ पलको भनाइः अडियो फेसबुकमा छ

नमस्कार म पल शाह 🙏
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार: पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्योू ,’हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो,साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो, लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१. साथी दुर्गेश थापा
२. ठुल्दाई सरोज ओलि
३. भाई कृष्ण जोशी
४. सम्राट चौलागाई