विश्वभर घट्यो कोरोना संक्रमण, कहाँ कति ?

  • प्रकाशित मिति : २०७७ बैशाख २२, सोमबार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१२ देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ भने ८२ हजार २ सय ६० जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा निकै कम हो।

अघिल्लो दिन ५ हजार २ सय १५ जनाको मृत्यु भएको थियो भने ८३ हजार २ सय ५७ जना नयाँ संक्रमित थपिएका थिए। यो सँगै विश्वभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४८ हजार २४५ पुगेको छ भने ३५ लाख ६५ हजार १२० जना संक्रमित भएका छन्।

कोरोनाबाट धेरै प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार १ सय ५४ जनाको मृत्यु भएको छ भने २७ हजार ३४८ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ हजार ५ सय ९८ पुगेको छ भने ११ लाख ८८ हजार १२२ जना संक्रमित भएका छन्।

त्यस्तै यूकेमा पछिल्लो २४ घण्टामा ३१५ जनाको मृत्यु भएको छ भने ४ हजार ३ सय ३९ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै यूकेमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार ४ सय ४६ पुगेको छ भने १ लाख ८६ हजार ५ सय ९९ जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा इटलीमा १७४ जना, फ्रान्समा १३५ जना, ब्राजिलमा २७५ जना, क्यानडामा ११६ जनाको मृत्यु भएको छ।