राष्ट्रिय मान्यताप्राप्तसहित ५१ दलको निवेदन आयोगमा

  • प्रकाशित मिति : २०७८ फाल्गुन १४, शनिबार
  • nepaltale.com

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले)र नेकपा(माआवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन् ।

दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।