आज शनिबारको दिन पाँच राशिको चम्किदै छ भाग्य ……..

  • प्रकाशित मिति : २०७८ फाल्गुन २१, शनिबार
  • नेपाल टेल

आजको दिन : श्री सूर्यउत्तरायण , शुक्ल तैतल रेवती ,२०७८ फाल्गुन २१ ,शनिबार ,फाल्गुन शुक्ल तृतिया ,मार्च ५ २०२२

मेष राशि

तपाईको आजको दिन मध्यम रहनेछ | हरेक किसिमका बाधाव्यवधानलाई सजिलैसँग सामना गर्नसक्ने तापनि कहिँ न कहिँबाट अशुभ समाचार प्राप्त हुनेछ | शनि देवको प्रार्थना तपाईलाई सवल र सक्षम बनाउने अस्त्र बन्न सक्नेछ| पूर्व दिशाको यात्रा तपाईंका लागि अर्थपूर्ण देखिनेछ |

बृष राशि

बृष राशि हुने तपाइँको आज शुभ रहनेछ | दिनको सुरुवाती चरणमा मनमा खुसी तथा उल्लास भरिने देखिन्छ | दिउसो अपरान्न तथा बेलुकाको समय त्यति सन्तोष युक्त हुने देखिँदैन | आर्थिक विषयबाट टढा रहेमा राम्रो हुने छ |

मिथुन राशि

तपाइको आजको दिन शुभ रहनेछ| आर्| शुभ समाचार सुन्न पाउनु हुने छ | यहाँले सेतो र हरियो रङको वस्त्र प्रयोग गरेमा दिन झनै बलियो भएर जाने देखिन्छ | हनुमान चालिसा पाठ वा श्रवण गरेमा दिन शुभ रहने छ |

कर्कट राशि

आज तपाईंको दिन त्यति राम्रो देखिँदैन | सानो सानो कुरामा पनि बाबा व्यवधानहरु आइलाग्छन् |यात्रा गर्दा संयमित हुनु पर्ने देखिन्छ | शनिदेवको प्रार्थना, शनि स्तोत्र तथा हनुमान चालिसाको पाठ वा सुनाइले मात्र पनि तपाईंको शरीरमा उर्जा थप्न सहयोग गर्नेछ | आर्थिक पाटोमा हात नहाल्दा नै उपयुक्त हुन्छ |

सिंह राशि

सिंह राशि हुने तपाई जातकको आज शनिको प्रभावले असहज अबस्था सृजना हुन्छ| विशेषगरी पेट र मानसिक पिरले सताउने अवस्था छ| रातो अनि सेतो वस्त्रको धारण यहाँका लागि दुख निवारणको माध्यम बन्नसक्छ | यदि यात्रा गर्ने परेमा पूर्व दिशाको यात्राबाट मात्र दिनको शुभारम्भ गर्न सक्नुहुनेछ |

कन्या राशि

आज तपाईंको दिन अर्थपूर्ण देखिन्छ | विगत लामो समयदेखि भेट नभएका आफन्त जन संग भेट हुने अवसर जुर्ने छ | आफ्नो प्रशंसा सर्वत्र देखिन्छ | पहेलो र सेतो रङको वस्त्र धारण तथा हनुमान चालिसाको पाठ गर्नाले तपाईलाई झनै शुभ भएर जाने योग देखाएको छ | पूर्व दिसाको यात्रा अर्थपूर्ण देखिन्छ ||

तुला राशि

तुला राशि हुने तपाईको आजको दिन उत्तम किसिमको छ | आर्थिक पाटो मजबुत भएर जाने देखिन्छ भने स्वास्थ्य पनि राम्रो भएर जाने देखिन्छ | शनिदेवको प्रार्थना कालो वस्त्र तथा फलाम दान गर्नाले यहाँले असहजता बाट मुक्ति प्राप्त गर्नुहुनेछ |

वृश्चिक राशि

तपाइको आजको दिन अशुभ रहनेछ | सबैले नकारात्मक तरिकाले हेर्ने देखिन्छ | | आध्यात्मिक विषयप्रति रुचि बढेर जाने देखिन्छ | सन्तान बाट पनि खुसी प्राप्त हुन गार्हो देखिन्छ | आर्थिक क्षेत्रमा लगानी नगर्दा राम्रो हुने देखिन्छ |

धनु राशि

आज तपाईंको दिन मिश्रित अवस्थाको छ | पहिलो समय राम्रो छ | दिउँसोबाट मनमा तनाब बढेर जाने देखिन्छ | आर्थिक र व्यवसायिक क्षेत्रमा गरेका लगानी अर्थपूर्ण देखिन्छ | अनावश्यक आरोप लाग्न सक्छ सचेत बन्दै अगाडी बढ्नुहोस सफलता प्राप्त गर्नुहुनेछ |

मकर राशि

मकर राशि हुने तपाइको आजको दिन उत्तम रहने छ | जीवनलाई सार्थक बनाउनु पर्छ भन्दै निरन्तर कार्यमा लाग्ने जोश बढ्ने छ | पुराना रोकिएका काम सम्पन्न गर्न आफूलाई समर्पित गर्नुहुनेछ | साथीभाइहरूसँग जमघट हुने योग छ | आफूलाई दक्ष व्यक्तिका रूपमा परिवार तथा समाजमा स्थापित गराउन सक्नुहुनेछ |

कुम्भ राशि

आजको दिन शुभ रहने छ | तपाइको धर्म र यशको प्रशंसा देखिने छ |पूर्व दिशा सेतो रङको वस्त्र धारणले तपाईंको दिन प्रभावकारी बनाउन सहयोग गर्छ | आफूलाई एक अब्बल ब्यक्ति बन्ने महत्वपूर्ण आधारका रुपमा आजको दिन रहनेछ |

मीन राशि

तपाइको आजको दिन गहन रहने छ | विद्वान् व्यक्तिको सम्पर्कले जीवन अर्कै तर्फ मोडिन सक्छ | आफ्नो क्षमता चिन्ने आधारका रुपमा पनि आजको दिन रहनेछ | माछा , बाँदरजस्ता प्राणीलाई दाना खुवाएमा तपाईंको आत्मबल झनै बढेर जाने देखिन्छ | सबै पक्षबाट राम्रो हुने देखिन्छ |