एजेन्सी । पछिल्लो समय कम्प्युटर वा मोवाइलको स्क्रिनमा धेरै हेर्ने तथा हानिकारक, प्रदूषणयुक्त हावाका कारण धैरै मानिसको आँखाको दृष्टिमा समस्या देखिने गरेको छ। यस बाहेक पाचन विकार, अन्तुलित खानपान, भिटामिन ए को कमी जस्ता कुराले पनि आँखाको दृष्टि कमजोर बनाइरहेको छ। आँखाको दृष्टि कमजोर भएका कारण खान, बस्न, हिँड्न, पढ्न, हेर्न, काम गर्न असहज हुने गर्दछ। त्यसैले आँखाको दृष्टि कमजोर हुनबाट जोगिने र कमजोर दृष्टिलाई फिर्ता कसरी ल्याउने भन्ने बारेमा केही जानकारी दिदैछौँ।
आँखाको दृष्टि कमजोर हुनबाट जोगिन यी विधि अप्नाउनुहोस्
धूलो, धूँवा, चहकिलो प्रकास, हानिकारक वायु आदिबाट आँखालाई जोगाउनुपर्छ । यसका लागि चस्मा लगाउन सकिन्छ।
१) आँखा आसपासको भागलाई सधै सफा राख्नुपर्छ । खासगरी सुत्नुअघि आँखा सफा पानीले धुनुपर्छ।
२) मधुमेह, उच्च रक्तचापले पनि आँखाको दृष्टि कमजोर बनाउँछ, त्यसैले मधुमेह, रक्तचाप नियन्त्रण राख्नुपर्छ।
३) आँखामा जथाभावी औषधी नराखौं।
४)कमसल खालको चस्मा लगाउनु हुन्न।
५) आँखामा कुनै बस्तु पस्यो भने रगड्नु हुँदैन।
कमजोर दृष्टि फिर्ता ल्याउन अप्नाउनुहोस् यी उपाय
१) आँखाको दृष्टि कमजोर भएकाले हरेक दिन गाजरको जुस सेवन गर्नुपर्छ । हरियो एवं ताजा सागपात आफ्नो खानामा सामेल गर्नुपर्छ।
२) खानामा भिटामिन ए अनिवार्य सामेल गरौं । गाजर, सुन्तला, मेवा, पहेंलो रंगको सब्जी, पालक, धनिया, माछा, अन्डामा भिटामिन ए बिद्यमान हुन्छ।
३) मोतियाबिन्दुको समस्या भिटामिन सिको कमीले हुनेगर्छ । त्यसैले भिटामिन सि प्राप्त गर्नका लागि सुन्तला, कागति, गोलभेडा, गोभी जस्ता खानेकुरा सेवन गर्नुपर्छ।
४) बदाम, ओमेगा ३ फ्याटी एसिड, भिटामिन इ र एन्टि अक्सिडेन्टयुक्त खानेकुराले दृष्टिमा सुधार ल्याउँछ।
५) पिसेको सुकुमेललाई दुधमा राखेर उमाल्ने । यसलाई राती पिउने गर्नुपर्छ, जसले आँखालाई स्वस्थ्य बनाउँछ।