काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार रहेकी नेतृ रेनु दाहालले पछिल्लो ५ बर्षमा आफु नेतृत्वको टिमले कास्टिङ मा देखाएको टिप्पणी गरेकी छन्।
भरतपुरमा बिहिबार आयोजित चुनावी सभामा नेतृ दाहालले भरतपुरमा गर्व गर्न सकिने काम गरेको पनि दाबी गरिन्।
०७४ सालमा मेयरमा निर्वाचित भएकी उनले विपक्षीहरुका अगाडि शीर झुकाउनु नपर्ने गरी काम गरेको बताएकी हुन् ।
सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले भनिन्, ‘पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, प्रतिपक्षको आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौं, भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्याएका छौं। ’
उनले भरतपुरलाई आगामी दिनमा पर्यटकीय गन्तव्य बनाउन, रोजगारीको सिर्जना गर्न काम गर्ने बताइन्। उनले भूमिहीनहरूलाई जग्गा प्रदान गर्ने पनि बताइन्। उनले भनिन्, ‘पूर्वाधारको क्षेत्रमा कास्टिङ भइसकेको छ, अब फिल्म देखाउन बाँकी छ।’