आज सार्वजनिक बिदा, यातायात पनि बन्द

  • प्रकाशित मिति : २०७९ बैशाख ३०, शुक्रबार
  • nepaltale.com

काठमाडौं। स्थानीय तह निर्वाचनको अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । यस्तै आजका लागि यातायात पनि बन्द गरिएको छ ।

निर्वाचन आयोगको सिफारिसमा सरकारले सार्वजनिक बिदाका साथै यातायात पनि बन्द गरेको हो । निर्वाचनका दिन अत्यावश्यक सवारीका साधन भने सञ्चालनका लागि छुट दिएको छ ।

यसैबीच निर्वाचन आयोगले मतदानको दिन उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।

प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनुमतिपत्र जारी गर्न सक्नेछन् ।