काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवननजिक सडकमा बम विस्फोट भएको छ ।
गए राति करिब २ बजे सिलिन्डर बम विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
‘‘नयाँ बानेश्वरबाट तीनकुने जाने सडकखण्डमा विस्फोट भएको हो । किन र कुन प्रयोजनको लागि विस्फोट गरियो भन्नेबारे अनुसन्धान जारी छ,” उनले भने ।