झापामा खाद्यान्न बाेक्ने गाडी दुर्घटनामा परेकाे छ । इलामबाट खाद्यान्न लिन आउदै गरेकाे को १ च २५८४ नं काे खाद्यान्न बाेक्ने गाडी मेची राजमार्ग अन्तर्गत बर्ने-बुधबारे सडक खण्ड्मा दुर्घटनामा परेकाे हाे । गाडीमा क्षती भए पनि दुर्घटनामा मानवीय क्षती भने भएकाे छैन ।
गाडीमा रहेका चालक र सहचालककाे अवस्था सामान्य रहेकाे र सडकमा छाेडिएकाे बाख्राकाे पाठाे बचाउन खाेज्दा दुर्घटना भएकाे चालक रबिन पाठकले बताएकाछन । गाडी सडकमा करिव ४० मिटर जती धसारिएकाे थियाे । अहिले दुर्घटनामा स्थलमा प्रहरी पुगेर घटनाबारे थप जानकारी लिइरहेकाे छ भने पल्टिएकाे गाडी उठाइकाे छ ।