नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ बैशाख २३, मंगलवार
  • nepaltale.com

नेपालमा आज (मंगलबार ) थप ७ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरीएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवत्ता डा समिर कुमार अधिकारीले जानकारी दिनभयो।

नेपालगञ्ज निवासी २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमितको संख्या लगातार बढेपछि नेपालगञ्जलाई आजदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ।