काठमाडौँको शङ्खरापुर नगरपालिकामा राप्रपाका नापित विजयी

  • प्रकाशित मिति : २०७९ जेष्ठ ३, मंगलवार
  • nepaltale.com

काठमाडौँ। काठमाडौँको शङ्खरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित मेयरमा विजयी भएका छन् ।

एकिकृत समाजवादीका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठलाई पराजित गर्दै उनी मेयरमा विजयी भएका हुन् ।

अन्तिम मतपरिणाम भने केही बेरमा सार्वजनिक गरिने निर्वाचन अधिकृत सीता निरौला फुयालले जानकारी दिइन् । उमप्रमुखमा कांग्रेसकी समित श्रेष्ठ विजयी भएका छिन् ।