काठमाडौं। स्थानीय तह निर्वाचनमा जुम्लाका २३ वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ । आठ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार २३ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएको हो ।
चन्दननाथ नगरपालिका-१ वडामा कांग्रेसका तिलकप्रसाद न्यौपाने वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले तीन सय चार मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादी केन्द्रका राजबहादुर झाक्री दुई सय ४५ मत प्राप्त गरी पराजय भएका हुन् । सोही नगरपालिका–२ वडामा कांग्रेसका हेमबहादुर बुढ्थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले दुई सय तीन मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका गगनबहादुर भण्डारीले एक सय ६६ मत प्राप्त गरेका हुन् ।
चन्दननाथ नगरपालिका–४ वडामा कांग्रेसका नवराज देवकोट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले दुई सय ७५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी राप्रपाका श्रीकृष्ण बुढाले दुई सय १८ मत प्राप्त गरेका छन् । सोही नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका रवीबहादुर थापा निर्वाचित भएका छन् । उनी तीन सय ६० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचत अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । उनका प्रतिद्धन्द्धी समाजवादीका कृष्ण थापाले दुई सय ३९ मत प्राप्त गरेका छन् ।