२५ गतेदेखि नेपालमा लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने

  • प्रकाशित मिति : २०७७ बैशाख २३, मंगलवार
  • nepaltale.com

सरकारले ४१ दिनदेखि लगाउँदै आइरहेको लकडाउनको मोडालिटी (स्वरुप) परिवर्तन गर्ने संकेत गरेको छ।

११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ। २५ वैशाखपछि भने सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी क्षेत्रअनुसार केही खुकुलो बनाउने तयारी गरेको हो।

सरकारको योजनाअनुसार २५ वैशाखपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। आजको राजधानी दैनिकमा खबर छ।