भीम रावलको वडामै एमाले पत्तासाफ, अछाममा खैलाबैला !

  • प्रकाशित मिति : २०७९ जेष्ठ ८, आईतवार
  • nepaltale.com

अछाम । नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।

नगरपालिकाको मेयरमा पनि एमाले निकै पछि परेको छ। पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेसका राजेन्द्रबहादुर कुँवर ४ हजार ४८९ मत ल्याएर अग्रस्थानमा छन्। उनलाई एमालेकी पशुपति कुँवरले २ हजार ४४२ मत ल्याएर पछ्याइरहेकी छन्।