भरतपुरको पछिल्लो मत परिणाम : रेनु दाहाल ९०१९ मतले अगाडि

  • प्रकाशित मिति : २०७९ जेष्ठ ९, सोमबार
  • nepaltale.com

काठमाडाैँ। चितवनकाे भरतपुर महानगरपालिकामा १ लाख १९४५ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९०१९ मतले अग्रता कायम गरेकी छन् ।

रेनुले ४०,५८९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३१,५७० मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३,०६४ मत प्राप्त गरेका छन् ।

कांग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४२,७३२ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २४,९९२ मत प्राप्त गरेकी छन् ।