चेक बाउन्स मुद्दामा फरार महिला नियालो घारीबाट पक्राउ

  • प्रकाशित मिति : २०७९ श्रावण २२, आईतवार
  • nepaltale.com

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छन् । आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा तीन लाखको चेक दिएको भन्दै प्रहरीले बागलुङ ताराखोला १ की २७ वर्षीया दिक्षा पुनलाई पक्राउ गरेको हो ।

पोखरा महानगर २ मिरुवा बस्दै आएकी पुनलाई कास्कीको अन्नपूर्ण गाउँपालिका ८ बिरेठाँटीमा नियालो घारीबाट पक्राउ गरिएको हो ।

विभिन्न व्यक्तिहरूलाई यूके पठाइदिन्छु भन्दै रकम लिएर ठगी गर्ने गरेको आरोप उनीमाथि छ । प्रहरीले उच्च अदालत पोखराबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।

तीन महिलाबाट ठगिएकाहरूलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्न पनि प्रहरीले अनुरोध गरेको छ ।