कोरोनाबाट ३ जनाको मृत्यु, आज थपिए ८ सय ६८ संक्रमित

  • प्रकाशित मिति : २०७९ श्रावण २५, बुधबार
  • nepaltale.com

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ।

देशभर आज थप ८ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

६ हजार ७ सय ५ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।

बुधबार ४ सय १४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ८ सय ८५ जना सक्रिय संक्रमित रहेका छन्।