विप्लव सहित ४ पार्टीले ‘बन्द’को लागि व्यवसायीलाई पठाए यस्तो पत्र

  • प्रकाशित मिति : २०७९ भाद्र ६, सोमबार
  • नेपाल टेल

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ४ पार्टीले भोलि असोज ७ गतेका लागि ‘नेपाल बन्द’को आह्वान गरेका छन्।

नेकपा महासचिव विप्लव सहितका नेताहरुलाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको भन्दै अविलम्ब फिर्ता लिनुपर्ने लगायतका माग राख्दै ४ पार्टीले बन्दको आह्वान गरेका हुन।

सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति पालना नभएको, देशमा राष्ट्रघात मौलाउँदै गएको लगायतका कुरा उल्लेख गर्दै ४ पार्टीले भोलिको लागि बन्दको कार्यक्रम राखिएको भन्दै सफल पारिदिन व्यवसायीलाई पनि पत्र पठाएका छन्।

भोलिको बन्दको कार्यक्रमबारे सरकारी निकायबाट कुनै धारणा सार्वजनिक भइसकेको छैन।