काठमाडौँ। आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ । एकै चरणमा हुन लागेको निर्वाचनका लागि दलहरुले चुनावी कार्यक्रमहरु पनि तिव्र पार्न थालेका छन् ।
निर्वाचनको समय नजिकिँदै जादा दलहरुले निर्वाचन क्षेत्र केन्द्रीय बलिया उम्मेदवारहरु खडा गर्न सुरु गरेका छन् । भक्तपुरमा यसपटकको निर्वाचन रोचक हुने देखिएको छ ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । वाम गठबन्धनको सहयोग पाएका बस्नेतले क्षेत्र नम्बर २ बाट चुनाव जितेका हुन् ।
भक्तपुर क्षेत्र नम्बर २ बाट २०७४ सालको निर्वाचनमा नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट आएका बस्नेतले नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई पराजित गरेका थिए । वाम गठबन्धनबाट उम्मेदवार बनेका बस्नेत ३६ हजार ४१२ मत पाएका थिए भने ढुंगानाले १८ हजार ६८७ मत पाएका थिए ।
ढुंगाना नेपालका राजनीतिज्ञ तथा अधिकारकर्मी का रुपमा परिचित छन् । उनी ०४६–०४७ को आन्दोलनमा नेपाली कांग्रेसको प्रवक्ता थिए । बरिष्ठ अधिवक्ता ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौँ जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए ।
काठमाडौँबाट चुनाव जित्दै आएका ढुंगानालाई उम्मेदवार सेटल गराउन महेश बस्नेतसँग भिडाएपछि भक्तपुरका स्थानीय कांग्रेस नेताहरु असन्तुष्ट बनेका थिए । सोहीअनुसार उनले नमज्जाले पराजय भोग्नुपर्यो ।
यसपटक बस्नेतसँग नेकपा माओवादी केन्द्रका रामप्रसाद सापकाेटा दीप शिखाले चुनावी प्रतिष्पर्धा गर्ने भएका छन् । यस्तै नेपाली कांग्रेसबाट दुर्लभ थापा, रामेश्वर ढुंगेल, कृष्णला भँडेल (प्रदेश सांसद) को नाम पनि चर्चामा छ । यस्तै नेपाल मजदुर किसान पार्टीबाट अनुराधा थापा पनि उम्मेदवार बन्दैछिन् ।