काठमाडौँ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले कार्गो सेवा सुचारु गरेको छ । भदौ ११ गते देखि फ्रान्सका लागि कार्गो सेवा सुरु गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
हिमालेक्स ट्रेडर्सले उक्त सामान कुवेतहुँदै फ्रान्स पठाएको हो । अहिले यो विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गरिरहेको छ । कार्गो सेवा सुरु भएसँगै वैदेशिक व्यापार समेत विस्तार हुने अपेक्षा गरिएको छ । विमानस्थलबाट यो सेवा पहिलोपटक सुरु भएको हो ।
जेठ २ गते उक्त विमानस्थल प्रधानमन्त्री शेरबाहादुर देउवाले उद्घाटन गरेका थिए ।