जंगली च्याउ खाँदा अर्घाखाँचीमा दुईको मृत्यु

  • प्रकाशित मिति : २०७७ बैशाख २५, बिहीबार
  • nepaltale.com

जंगली च्याउ खाँदा अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ । भने दुई जना सिकिस्त भएका छन् । जिल्लाका भुमिकास्थान नगरपालिका वडा नम्वर ६ खिल्जीकी ३२ बर्षीया रामकला महतरा र उनकी ७ बर्षीया छोरी विपा महतराको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक रामकलाकी सासु लालसरी महतरा र देउरानी लक्ष्मी महतरा सिकिस्त बिरामी परेका छन् । मृत्यु भएका दुवै जनाको लुम्विनी सिटी अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छन् ।

सिकिस्त दुई जनाको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी दिए। उनका अनुसार मृतक आमा छोरीका शव परिवारजनको जिम्मा लगाइएको छ ।