प्रहरीको ड्युटी गरिरहेकै अवस्थामा एक्कासी मृत्यु

  • प्रकाशित मिति : २०७७ बैशाख २५, बिहीबार
  • nepaltale.com

सप्तरीमा फेरि अर्का एक जना प्रहरीको ड्युटी गरिरहेकै अवस्थामा एक्कासी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेका बखत बिहीबार बिहान ३७ वर्षीय मगरको एक्कासी मृत्यु भएको भारतीले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले

मृतक प्रहरी हबल्दार उदयपुर जिल्ला निवासी हुन्। उनको मृत्युबारे तत्काल केही भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ।

यसअघि सप्तरीमै एक जना सशस्त्र प्रहरीका असईको पनि ड्यूटी गरिरहेकै अवस्थामा मृत्यु भएको थियो।