एनआरएन यूके अध्यक्ष प्रेम गाहालाई आइसीसीले पदमुक्त पत्र लेखे पछि पत्र नमान्ने,भन्दै दिए अर्को चुनौती

  • प्रकाशित मिति : २०७९ भाद्र २९, बुधबार
  • नेपाल टेल

लन्डन । गैरआवासीय नेपाली संघ एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलाई आइसीसीले एनआरएनए केन्द्रको निर्णयका आधारमा संघको हितविपरितका गतिविधि गरेको भन्दै पदमुक्त गर्न पत्र काटेको छ ।

आइसीसीको पत्र:

यता, अध्यक्ष गाहामगरले भने बेलायतवासी नेपालीहरुको मतबाट निर्वाचित अध्यक्षलाई पदमुक्त गर्ने आइसीसीको प्रयासलाई ‘हास्यास्पद’ भनेका छन् । ‘जनताको मत पाएर निर्वाचित अध्यक्षलाई छ महिने टीके अध्यक्षले कसरी हटाउन सक्छ ?’ उनको प्रश्न छ ।

गाहामगरले वास्तविक लडाई अब शुरु हुने भन्दै आफ्नो सहमतिबिना केन्द्रमा पठाइएको रकम फिर्ता गराउन कानूनी बाटो अपनाउने अडान व्यक्त गरेका छन् ।

एनआरएनए यूके बेलायतको कानूनअनुसार दर्ता भएर चलेको इन्डिपेन्डेन्ट संस्था भएकाले आइसीसीको अनावश्यक हस्तक्षेपले कुनै असर नगर्ने उनको भनाइ छ।