कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ३४९ पुगेको छ । युरोपियन मुलुकमा कोरोना संक्रमितको संख्या १५ लाख ५३ हजार ६९९ पुगेको छ ।
युरोपका देशहरुमा अहिलेसम्म १ लाख ४८ हजार ४६१ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६ लाख ११ हजार ५२९ जना उपचारपछि निको भएका छन् भने ७ लाख ९३ हजार ७०९ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १५ हजार ४०४ जनाको अवस्था गम्भीर छ भने बितेको २४ घण्टामा मात्रै १ हजार ८३० जनाको मृत्यु भएको छ ।
एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार २०५ पुगेको छ । एकैदिन ३९९ जनाको मृत्यु भएको छ ।१५ हजार ४३९ नयाँ संक्रमित थपिएसँगै ६ लाख १८ हजार ५०४ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ३८ हजार ६४० जना निको भएका छन् । २ लाख ५८ हजार ६५९ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार २०१ जनाको अवस्था गम्भीर छ ।
उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार ८०८ पुगेको छ । एकैदिन ३२ हजार ९०७ जनामा नयाँ संक्रमण फेला परेको छ । अहिलेसम्म कोरोनाकै कारण ८४ हजार ९३८ जनाले ज्यान गुमाएका छन् ।
दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १५ हजार २३१ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ६६ हजार ८४२ पुगेको छ । मृतकको संख्या १३ हजार ५३२ पुगेको छ ।
संक्रमितमध्ये ९३ हजार ९२० निको भएका छन् भने १ लाख ५९ हजार ३९० जनाको उपचार भइरहेको छ । अफ्रिकी मुलुकमा ५५ हजार २६३ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार ८० जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसियान मुलुकमा ११८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ४८९ जनामा संक्रमण देखिएको छ ।
चीनको वुहानबाटा शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ । सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ । एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमणदेखिएसँगै १२ लाख ९२ हजार ११४ जना संक्रमित छन् ।
स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ८५५ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार १७३ जनामा नयाँ संक्रमण देखिएको छ ।२४ घण्टामा २१३ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७० पुगेको छ ।
संक्रमित १ लाख ६३ हजार ९१९ जना निको भएका छन् । अहिले ६६ हजार ८६६ जनाको उपचार भइरहेको छ । उपचारतमध्ये १६ हजार ९९५ को अवस्था गम्भीर छ । बेलायतमा एकै दिन ५३९ जनाले ज्यान गुमाएका छन् । यो सँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुगेको छ ।
एकैदिन ५ हजार ६१४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा शुक्रबार बिहानसम्म २ लाख ६ हजार ७१५ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १ लाख ७५ हजार ७५६ जनामा भाइरस सक्रिय छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।