आजदेखि न्यूरोड जाने गाडीलाई खुलामञ्चमा पार्किङ

  • प्रकाशित मिति : २०७९ आश्विन ८, शनिबार
  • nepaltale.com

काठमाडौं। आजदेखि चार पांग्रे गाडीलाई न्यूरोड प्रवेशमा रोक लगाइने भएको छ ।

दशैंकाबेला अत्याधिक सवारीचाप हुने भन्दै न्यूरोड जाने गाडीहरुलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

‘काठमाडौंको न्यूरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरि न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पुर्ण यात्रुवाहक, मालवाहक तथा निजि चारपाङ्ग्रे सवारी साधनहरुलाई मिति २०७९।०६।०८ गते देखि फुलपातीसम्म बिहान १०ः०० बजे देखि साँझ सवारी चाप सामान्य नहुन्जेल सम्म) ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट .गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाईएको हुँदा यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैंका लागि शुभकामना दिँदै दुर्घटनारहित यात्राको कामना गरेको छ । दशैंका बेला किनमेलका कारण न्यूरोड क्षेत्रमा अत्याधिक भीड हुने गरेको छ ।