टेक्सासमा ट्रकले कारलाई ठक्कर दिंदा ४७ बर्षीया प्रमिला सुवेदीको निधन

  • प्रकाशित मिति : २०८० बैशाख २३, शनिबार
  • नेपाल टेल

टेक्सासमा ट्रकले कारलाई ठक्कर दिंदा प्रमिला सुवेदीको निधन भएको छ । एनआरएनए आइसीसीको अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी पत्नी प्रमिला सुवेदीको विहीबार भएको दुर्घटनामा निधन भएको हो ।

सुवेदीले चलाएको गाड़ी बेलुका साढे ५ बजे ट्रकको ठक्करबाट दुर्घटनामा परेको थियो । दुर्घटनामा ४७ बर्षिय प्रमिला सुवेदीको घटनास्थलमै निधन भएको थियो ।

प्रमिलाको परिवार लामो समय कनेक्टिकट बसाईपछि सन् २०१७ मा टेक्सासको डलास बसाईसराई गरेका थिए । सुवेदी दम्पत्तीका दुई छोरा छन् ।