कलाकार मदनकृष्ण श्रेष्‍ठले तिलगंगामा गराए मोतीविन्दुको शल्यक्रिया

  • प्रकाशित मिति : २०८० जेष्ठ २४, बुधबार
  • नेपाल टेल

तिलगंगा आँखा अस्पतालमा कलाकार मदनकृष्ण श्रेष्ठले मोतीविन्दुको शल्यक्रिया गरेका छन् । उनको शल्यक्रिया डा.सन्दुक रूईत, डा.रिता गुरुङ र डा. गोबिन्द पौड्यालको टिमले गरेका हुन् ।

‘मोती बिन्दुको शल्यकृया गर्दा आफ्नै देशको तिल गंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्ब महसुस भएको छ,’ कलाकार श्रेष्ठले फेसबुकमा लेखेका छन्,’ डा.सन्दुक रूईत, डा.रिता गुरूङ्ग, डा. गोबिन्द पौड्याल तथा सम्पूर्ण टिमको जय होस ।‘

अस्पतालमा बनेको इन्ट्राकुलर लेन्स उनको आँखामा राखिएको छ ।