पूर्व एआईजी श्रेष्ठ र पूर्व जर्नेल बस्न्यात महाराजगन्जबाट पक्राउ

  • प्रकाशित मिति : २०७७ बैशाख २७, शनिबार
  • nepaltale.com

प्रहरीले सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेम सिंह बस्न्यातलाई महाराजगन्जबाट पक्राउ गरेको छ ।

नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक खनेपछि त्यसको विरोध गर्दै सडकमा उत्रिएका श्रेष्ठ र बस्‍नेतलाई शनिबार दिउँसो महाराजगन्‍जबाट प्रहरीले पक्राउ गरेको हो । दुवै पूर्व सुरक्षा अधिकारीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासत कक्षमा राखिएको छ ।
महानागरीय प्रहरी कार्यालयका डीआईजी विश्‍वराज पोखरेलले लकडाउन उल्लंघन गरेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएको बताए ।

यसअघि लिपुलेकमा सडक खनेको विरोधमै प्रदर्शनमा उत्रिएका ३६ जनालाई प्रहरीले राजधानीको विभिन्‍नस्थानबाट पक्राउ गरेको थियो ।-कान्तिपुर