भारतले लिपुलेक-कालापानी क्षेत्रमा सडक बनाएको विरोधमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन्। शनिबार उनीहरुले माइतीघर मण्डलामा विरोधमा प्रदर्शन गरेका हुन्।
‘सरकार… सीमा मिचियो ! कि बेचियो थाहा चाहियो’ भन्ने नारा लेखिएका कालो ब्यानर बोकेर उनीहरुले प्रदर्शन गरेका थिए।‘नेपाल सरकार सीमा जोड, भारत सरकार सीमा छोड’ भन्ने कालोपट्टि बाँधेका थिए। प्रदर्शनमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नारा लगाएका थिए।
लकडाउन र सरकारको विरोध गरेका उनीहरुलाई प्रहरीले केही बेरमै पक्राउ गरेको थियो।