राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेत्री तथा प्रतिनिधिसभा सदस्य सोविता गौतमले आफ्नो विवाहपछि आफू र आफ्नो परिवारविरुद्ध प्रमाणविना नकारात्मक तरिकाले बोल्ने र लेख्ने कसैलाई पनि नछाेडने बताएकी छन्।
व्यवसायी गृहेन्द्र घिमिरेसँग जेठ ७ गते विवाह गरेकी सोविताले आफ्नो विवाहपछि केही मिडिया र व्यक्तिहरुले भ्रम फैलाएको आरोप लगाउँदै ती सबैलाई कानुनी दायरामा ल्याउने बताइन्।
विवाहपश्चात जापान पुगेर फर्किएपछि काठमाडौँमा एक सञ्चार माध्यमसँगको अन्तर्वार्ताकाे क्रममा सोविताले आफ्नो विवाहबारे फैलाइएका नकारात्मक कुराले आफू र आफ्नो परिवारको मन भाँचिएको बताउँदै सबैलाई कारबाहीको दायरामा ल्याउने बनाइन्।
यस्तो छ सोविता गौतमले अन्तर्वार्तालाई दिएको अभिव्यक्तिको अंश
आफ्नो जीवन हो, त्यो अकाट्य सत्य हो, मेरो जीवनमा जे छ त्यो वास्तविकतामा छ भने त्यो अकाट्य सत्य हो। सबै मानिसले थाहा पाएर पनि केही हुँदैन, नथाहा पाएर पनि केही हुँदैन क्या किनभने त्यो सत्य चिज हो तर समाजलाई हेरेर यो समाजले भनम् आफ्नो केही कुराहरुले समाजलाई केही पनि असर पार्ने त हुँदैन तैपनि कस्तो छ भनेर देखिरहेको हुन्छ नि किन यो नकारात्मक ऊर्जा आफूले लिने भनेर प्राइभेट लाइफ चाहिँ पब्लिकमा ल्याएर आउन मन लाग्दैन क्या। मेरो विचार कसैको डिस्कसनको टपिक् बनोस् तर मेरो व्यक्तिगत जीवन चाहिँ मान्छेको डिस्कसनको टपिकको विषय नबनोस् भन्ने लाग्छ मलाई। आज मात्र होइन पहिलैदेखि मैले यही नै सोच्थेँ। प्राय: मेरा धेरै जना साथीहरुलाई थाहा छैन, म को हुँ ? के हुँ ? कस्तो हो ? धेरै जनालाई थाहा छैन। मलाई भन्न पनि मन लाग्दैन किनभने मेरो व्यक्तिगत जीवन मेरो हो नि त।
समाचारमा के–के कुराहरु आएका छन्, ती साँचो होइनन्, अनुमान गरेर लेखिएका छन। मलाई स्पष्टिकरण दिनुपर्छ जस्तो पनि लाग्दैन किनभने मेरो व्यक्तिगत जीवन मेरो हो। तर, यो घटना सबै म जापान भएको बेलामा आयो। अनि, मान्छेलाई मेरो बारेमा अथवा मलाई कमजोर बनाउनलाई अनेक मान्छेका रिस हुन्छ नि, उनीहरुको उद्देश्य को हो ? थाहा छैन तर मान्छेका अनेक प्रकारका उद्देश्य हुन्छन्। टिकाटिप्पणी सुरु भयो, म मात्रै होइन नि त मेरो बुबाआमा, मेरो घर परिवार सबै छ नि त। अस्ती भर्खर छोरीलाई बिहे गरेर पठाएको छ। आज भर्खर यस्तो खालको कमेन्टहरु आउँदाखेरि मेरो बुबाआमाको मन कति रोएको होला ? मलाई त्याे सम्झिएर पीडा भयो के खास। त्यो ज–जसले कमेन्ट गरेका छन्, ज–जसले लेखेका छन् उनीहरुले उनीहरुको लागि थाहा छैन के हो ? दुई रुपैयाँ बढी कमाइ हुन्छ भन्ने हो अथवा अँ यसलाई मैले तल झारेँ भन्ने हो के हो मलाई थाहा छैन। उहाँहरुको आफ्नो त्यो घमण्ड पूरा होस्, भए होला, उहाँहरुको इगो पूरा भयो होला तर त्यो कुराले मेरो आमालाई, मेरो बुबालाई, मेरो भाइलाई कति असर परेको होला ? त्यो कसैले इमाजिन गर्न सक्दैन। कति गाह्रो भइरहेको होला ?
म त राजनीतिमा छु, सबै कुरा सहन्छु, देश बनाउँछु, जेसुकै होस् बनाउँछु, आफ्नो गन्तव्यबाट टाढा हुँदिनँ भनेर आएको मान्छे यो त्रिटिसिजमले त्यति धेरै फरक नपर्ला। सबै कुरालाई स्वीकार्नको लागि तयार भएर आएको छु। मेरो बुबाआमा त्यो कुराले तयार नभएको हुन सक्नुहुन्छ नि त। मेरो बुबाआमाको के गल्ती छ र ? आफ्नो छोरी सांसद भएको एउटा तिरो तिर्नु पर्ने हो र मेरो बुबाआमाले यो ? त्यो ज–जसले लेखेका छन् तिनीहरुका चाहिँ बाउआमा छैनन् होला ? मेरो आमाको हृदय जति भाँचियो तर मैले तिनीहरुलाई क्षमा गर्न सकुँला तर मेरो जीवनबारे हाइलाइटमा लेखर, नभएका कथाहरुले जे–जे लेखेका छन् मेरो आमाको मन रोएको छ। म तिनीहरुलाई क्षमा गर्न सकुँला ? यो उथलपुथलले जे भयो नि त्यो म सोच्न पनि सक्दिनँ के। मेरो आमाको मन कति भाँचिएको छ भन्ने त मान्छेहरुले बिर्सिए होलान्। म प्रतिनिधिसभा सदस्यसँगै म अधिवक्ता पनि हो, नेपालमा कानुन पनि छ मान्छेलाई जे मन लाग्यो त्यो बोल्न पाइँदैन। जे मन लाग्यो त्यो लेख्नु भन्न पाइँदैन….
म जापानमा हुँदा मेरो बुबाले भन्नुभयो, ‘यो कुराले तेरो आमाले कति पिर गरेकी छ, मलाई थाहा छैन ऊ मरी भने के हुन्छ’ यो लेबलसम्म पुर्याउने यो समाजलाई मैले सबै नोट डाउनलोड गरेको छु, म एउटा पनि छोड्दिनँ, एउटा कमेन्ट पनि छोड्दिनँ, एउटा भिडियो पनि छोड्दिनँ यो देशमा कानुन छ र गर्नु पनि पर्छ।अरु त मेरो केही पनि छैन।
त्यो कुराले म कमजोर भको छैन यदि म गलत छु भने कानुनको दायराभित्र म पनि जानुपर्छ तर म सही छु भने यो समाजालाई सत्य पनि के हो भन्ने कुरा थाहा नभईकन एउटा मिडियाले लेखेको भरमा जे पनि बोल्न पाउने छुट पनि छैन।
ठ्याक्कै भयो के भन्दा न्युज आयो, न्युज आएपछि १५/२० जना मान्छेले नेगेटिभ कुरा लेखे। त्यो १५/२० जनाले लेखेको कुरा सय जनाले शेयर गरे। त्यो सय जनाले शेयर गरेपछि त्यो पुग्यो ३०औँ ५०औँ हजारसँग अनि त्यही कुरा सत्य भएर स्थापित भयो क्या। तर, यो ३०औँ ५०औँ हजार जना मान्छे नै इङ्गेज छन्, आफ्नो ओपिनियनहरु दिएका छन् न्युजको आधारमा। म त बोलेको नै छैन। न्युजको आधारमा मसँग नसोधिकन, मैले सत्य के हो पनि नभनिकन मान्छेले यति धेरै चरित्र हत्या गरेका छन् सबै कानुको दायारभित्र आउनुपर्छ। म यो कुरामा एकदम फोकस छु।
भिडियाे: