प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले केही समयअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हेलिकप्टर चढेर दार्चुलाबाट लिपुलेकलगायत ठाउँ हेरेर फर्केको प्रसंग उठाउँदै प्रश्न गर्नुभएको छ, ‘त्यो भ्रमण तीर्थयात्रा थियो ?’ आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद थापाले त्यस्तो व्यंग्यमिश्रित प्रश्न गर्नुभएको हो ।
सदनमा सांसद थापाले सीमा अतिक्रमण गरेर भारतले दादागिरी गरिरहेको बताउनु भयो । सांसद थापाले सीमाबारे सरकारले पश्चाताप मात्रै गर्ने कि प्रतिवाद पनि गर्ने भन्दै प्रश्न पनि गर्नुभयो ।
नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा निन्दा र भत्र्सना गर्दै भन्नुभयो, ‘भारतको दादागिरी र त्यसमा चीनको न्यानो मायाको प्रतिरोध गर्नुपर्छ ।’ सांसद थापाले प्रतिरोधमा कांग्रेस अगाडि रहने दावी गर्नुभयो ।