आर्थर गनले चिनिएका नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पर्न सफल भएका छन्।
आइतबार भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सातमा छनौट भएका हुन्।
दिवेश हलिउडको कुनै पनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हाँसिल गर्ने संभवत पहिलो नेपाली हुन्। सुरु देखिनै दमदार प्रस्तुती दिदै जजको मन जित्न सफल बनेका दिवेशले यतिबेला विश्वभर चर्चा बटुलीरहेका छन्।