विश्वभर घट्यो कोरोना संक्रमण, कहाँ कति ?

  • प्रकाशित मिति : २०७७ बैशाख २९, सोमबार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १० जनाको मृत्यु भएको छ भने ७९ हजार ८ सय ७५ जना नयाँ संक्रमित थपिएका छन्। यो तथ्यांक अघिल्लो दिनको तुलनामा कम हो।

अघिल्लो दिन कोरोना भाइरसबाट विश्वभर ४ हजार २ सय ४८ जनाको मृत्यु भएको थियो भने ८८ हजार ९ सय ९७ जना नयाँ संक्रमित थपिएका थिए। कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर २ लाख ८३ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ भने ४१ लाख ८० हजार ३०३ जना संक्रमित भएका छन्।

कोरोना भाइरसबाट निकै प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय ५० जनाको मृत्यु भएको छ भने २० हजार ३ सय २९ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या ८० हजार ७ सय ८७ पुगेको छ भने १३ लाख ६७ हजार ६३८ जना संक्रमित भएका छन्।

त्यस्तै यूकेमा पछिल्लो २४ घण्टामा २६८ जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय २३ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै यूकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ भने २ लाख १९ हजार १८३ जना संक्रमित बनेको छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा १४३ जना, स्टलीमा १६५ जना, ब्राजिलमा ४६७ जना, क्यानडामा १७७ जना, भारतमा १११ जना, मेक्सिकोमा १९३ जनाको मृत्यु भएको छ।