भारतमा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित फेला

  • प्रकाशित मिति : २०७७ बैशाख २९, सोमबार
  • nepaltale.com

छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण तिब्र रुपमा फैलिएको छ। पछिल्लो २४ घण्टामै भारतमा १ सय ११ जनाको मृत्यु भएको छ भने ४ हजार ५ सय ३५ जना नयाँ संक्रमित फेला परेका छन्।

भारतमा एकै दिन यतिधेरै संक्रमित फेला परेको सम्भवतः यो पहिलो पटक हो। यो सँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ भने ६७ हजार १ सय ६१ जना संक्रमित भएका छन्।

जसमध्ये २० हजार ९ सय ६९ जना उपचारपछि घर फर्किएका छन् भने ४३ हजार ९ सय ८० जनाको उपचार भइरहेको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर २ लाख ८३ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ भने ४१ लाख ८० हजार ३०३ जना संक्रमित भएका छन्।